हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना पक्राउ

काठमाडौँ । हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतंकवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का सदस्य रहेको डनले बताएको छ ।
मे ९ देखि पञ्जाब प्रहरीले पार्टीका पदाधिकारी र सदस्य विरुद्ध प्रान्तभर २०५ वटा मुद्दा दायर गरेको छ । बिहीबार राति प्रहरी अधिकारी र पीटीआईका कर्मचारीबीच केहीबेर झडप भएको थियो ।
प्रहरीले जेल रोडमा रहेको पीटीआईको कार्यालयमा संदिग्ध ठानिएका पार्टीका सदस्यलाई पक्राउ गर्नका लागि स्टेशनमा सूचना जारी गरिएको थियो । पार्टीका सदस्यले प्रहरीलाई ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको छ ।
अदालतबाट छोडिएपछि पीटीआई अध्यक्ष इमरान खानलाई स्वागत गर्न पार्टी समर्थक कार्यकर्ताहरू ठूलो सङ्ख्यामा भेला भएको खबर आएपछि शुक्रबार साँझ उनको जमान पार्क हवेली वरिपरि प्रहरीको उपस्थिति बढाइएको थियो ।
पञ्जाब प्रहरीका प्रमुख डा उस्मान अन्वरले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, महत्वपूर्ण पूर्वाधार, सार्वजनिक र निजी सम्पत्ति दुबैमा आक्रमणका लागि जिम्मेवार अपराधीलाई कारबाही गरिने छ क्षमा दिइने छैन ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया