अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु

काठमाडौँ । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि गरिएको छ ।
विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चार माध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो ।
महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चार माध्यमले दुर्घटना आइतबार दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।
उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् ।
यसअघि, टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको थियो । विमान चालक दुबै जनाको मृत्यु भएको रक्षा मन्त्रालयले साँझ मात्रै पुष्टि गरेको हो ।
“मजार–ए–शरिफ एयरफिल्डबाट सामंगनतर्फ उडेको देशको वायु सेनाको एमडी–५३० हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएको र उक्त दुर्घटनामा दुई चालकको मृत्यु भएको छ,” रक्षामन्त्रीले ट्वीटरमा लखेका छन् ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया