बखमुत रूसी कब्जामा गएको छैन : युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन् ।
हिरोशिमामा भएको आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “आज उनीहरू ९रूसी सेना० बखमुतमा छन् । तर बख्मुत अझै रूसको कब्जामा छैन ।”
उनले भने, “म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ । बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो ।”
युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ । उपरक्षामन्त्री गन्ना मल्यारले युक्रेनी सेना ‘छेउछाउका उपनगरमा’ अघि बढिरहेको र यसले ‘शत्रुलाई बखमुतमा बस्न निकै गाह्रो हुने’ दाबी गरे ।
युक्रेनी सेनाले नगरलाई अर्ध–घेरा हालेको बताउँदै उनले युक्रेनले अझै पनि आवासीय क्षेत्र र केही औद्योगिक सुविधाको नियन्त्रण कायम राखेको दाबी गरे ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया