उत्तर-पश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

काठमाडौँ । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन् ।
प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घरदैलो अभियानमा घटिएका पोलियो कार्यकर्ताहरूको सुरक्षामा खटिएका प्रहरी घाइते भएका छन् ।
आक्रमणमा पोलियो टोली सकुशल रहे पनि खोप अभियान भने अस्थायी रूपमा यस क्षेत्रमा रोकिएको छ । घाइते प्रहरीहरूको नजिकैको अस्पतालाम उपचार जारी छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
प्रदेशका १२ जिल्लामा पाँच वर्षमुनिका ३५ लाखभन्दा बढी बालबालिकालाई खोप खुवाउने उद्देश्यले सोमबारदेखि पाँच दिने पोलियो अभियान शुरु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको भर्खरैको रिपोर्ट अनुसार जनवरी २०२१ देखि पाकिस्तानमा रिपोर्ट गरिएका सबै नयाँ पोलियोका घटनाहरू खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागका रहेका छन् ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया