श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

काठमाडौँ । श्रीलङ्काकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ ।
श्रीलङ्काका ऊर्जा तथा ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताएका हुन् । इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नु परेको उनले बताए ।
राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा हाल अनुमति दिइएको इन्धनको कोटा अर्को महिना बढाइने उनले ट्वीटरमा उल्लेख गरे ।
सिलोन पेट्रोलियम कर्पोरेसनका पदाधिकारीसँग बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको उनले उल्लेख गरे ।
विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो । श्रीलङ्काले विभिन्न रणनीतिहरूको अन्वेषण ग¥यो र तीमध्ये एउटामा उत्पादक देशहरूमा स्थापित प्रतिष्ठित पेट्रोलियम कम्पनीहरूबाट देशमा पेट्रोलियम पदार्थहरू आयात, भण्डारण, वितरण र बिक्री गर्न रुचिको अभिव्यक्ति आमन्त्रण गर्नु समावेश थियो ।
श्रीलङ्काको मन्त्रिपरिषद्ले तीन वटा विदेशी कम्पनीलाई लाइसेन्स प्रदान गर्न सहमति जनाइसकेको छ । सरकारले देशको खुद्रा इन्धन बजारलाई खुल्ला गराउन चाहन्छ ।
चीनको सिनोपेकलगायत विदेशी कम्पनीलाई हाल सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसनले सञ्चालन गर्दै आएको एक सय ५० वटा डिलरबाट सञ्चालित पेट्रोल पम्प उपलब्ध गराइनेछ । कम्पनीहरूलाई नयाँ स्थानमा ५० वटा नयाँ ग्यास स्टेसन स्थापना गर्न पनि अनुमति दिइनेछ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया