प्रहरी अधिकारीको हत्या गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ । एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले शुक्रबार एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा तीन कथित गिरोह सदस्यलाई गिरफ्तार गरिएको घोषणा गरिएको छ ।
अफिसर म्याक्सिमिनो भास्क्वेजको मे १६ मा भएको हत्याले बुकेलेलाई राजधानी सान साल्भाडोरबाट ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ३० हजार मानिस बसोबास गर्ने शहर नुभा कन्सेप्सियन वरपर पाँच हजार सिपाही र पाँच सय प्रहरी अधिकारीलाई “सुरक्षा घेरा” स्थापना गर्न आदेश दिन वाध्य बनाएको थियो ।
“हामीले हाम्रो नायकको हत्या गर्नेको ठूलो मूल्य चुकाउने वाचा गरेका थियौँ । हामीले उनीहरूको गुट नष्ट गर्यौं, उनीहरूका साथीलाई गिरफ्तार गर्यौं, उनीहरूका नेतालाई गिरफ्तार गर्यौं र आज हामीले तीन हत्यारालाई पक्राउ गर्यौं”, राष्ट्रपतिले ट्विटरमा उल्लेख गरिएको छ ।
अहिले हिरासतमा रहेकाले देशमा फेरि कहिल्यै आतङ्क मच्चाउन नसक्ने पनि राष्ट्रपतिको दाबी छ । पक्राउ पर्ने जोस अर्मान्डो ओचोआ गुटेरेज, फ्रान्सिस एन्टोनियो गोमेज काल्डेरोन र साल्भाडोर एनरिक पोर्टिलो लान्डाभेर्डे रहेका छन् । उनीहरूलाई हाल ग्वाटेमालाको हिरासतमा राखिएको छ ।
ग्वाटेमाला प्रहरीले ट्विटरमा २७ वर्षीय पोर्टिलो लान्डाभेर्डे एमएस–१३ गिरोहको सदस्य रहेको र एल साल्भाडोरको सिमानामा रहेको जुटियापा विभागमा हिरासतमा राखिएको बताएको छ ।
साल्भाडोरका महान्यायाधिवक्ता रोडोल्फो डेलगाडोले पत्रकार सम्मेलनमा अधिकारीले पोर्टिलो ल्यान्भाडेर्डेलाई “गोली चलाउने व्यक्ति” हो भनेर सार्वजनिक गरेका छन् ।
अभियोजकले तीनैजना विरुद्ध “उत्तेजित हत्या”को आरोपमा ३० देखि ५० वर्षको जेल सजायको माग गरेका छन् । गत वर्ष बुकेले गिरोहविरुद्ध एक विवादास्पद “युद्ध” शुरु गरिएको थियो । जसका कारण ६८ हजारभन्दा बढी सङ्दिग्ध गिरोह सदस्य वारेन्ट बिना पक्राउ गरिएको थियो ।
जनमत सङ्ग्रहका अनुसार साल्भाडोरनका बीचमा धर्मयुद्ध व्यापक रूपमा लोकप्रिय साबित भएको छ । तर, मानव अधिकार सङ्गठन र क्याथोलिक चर्चले बुकेलको तरिकाको आलोचना गरेका छन् ।









प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
HoR election: 81 days to go: EC gearing up for polls
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया