भारत ओडिशा रेल दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २३८ नाघ्याे

काठमाडाैं । ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २३८ भन्दा बढीको मृत्यु भईसकेको छ ।
आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ ।
रेलवेका अनुसार कोलकाता-चेन्नई कोरोमण्डल एक्सप्रेस र यशवंतपुर-हावडा एक्सप्रेस बहंगा स्टेशन नजिकै पटरीबाट खसेका थिए। यसपछि कोरोमण्डल एक्सप्रेस रेल नजिकैको ट्र्याकमा उभिएको मालगाडीसँग ठोक्कियो ।जसका कारण यो दर्दनाक दुर्घटना भएको हो ।
ओडिशा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।
रेल दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।
पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।









बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया