काम गर्नुस्, पार्टी ठूलो बनाउनुस्, विरोध गरेर बन्नेवाला छैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने दाबी गरेका हुन् ।
‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ, सत्य कुरा हो, अहिले सबै ठाउँमा नेविसंघले जितेको छ, यो पनि सत्य कुरा हो, सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ,’ उनले भने, ‘अब यसलाई अघि बढाउनु छ, अझ यसलाई बलियो बनाउनु छ, गाली गरेर केही हुनेवाला छैन, काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्, विरोध गरेर पार्टी बन्नेवाला छैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको बताए । उनले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले नरोकेको स्पष्ट पारे ।
देउवाले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नु पर्ने बताए । उनले आफूले पार्टीलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आआफूले सहयोग गर्ने बताए ।
‘जनतामा जानु पर्छ, जनतामा जाने हो, गाली गरेर कहाँ पार्टी बन्छ, लडाई गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने, अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ,’ उनले थपे, ‘अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन, सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’
सभापति देउवाले सबै एकजुट भएर लागे मात्रै पार्टीलाई बलियो बनाउन सकिने दाबी गरे ।









गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने बलर बने शाहब
प्रतिक्रिया