अर्थमन्त्रीसँग वार्ता भएलगत्तै शेयर बजारमा उछाल
मेरोन्यूज
२०८० जेठ २१ गते १५:०४

काठमाडौं । अर्थमन्त्रालयसँग वार्ता भएलगत्तै शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अंकले बढेर १,९१६ दशमलव ६० को विन्दुमा कायम भएको हो ।
आइतबार २१७ कम्पनीको शेयर मुल्य बढेको छ भने ३ कम्पनीमो मात्रै घटेको छ । आज दिनभरिमा २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
त्यस्तै सोल्टी होटलको ८ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आजै अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएकाे थियाे । सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका हुन् ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया