गायिका समीक्षाको ‘ए सुवा’मा समारिका र जोन (भिडियाे)

काठमाडौं । लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर समावेश ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।
लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय संचालन गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।
सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।
उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।
गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया