रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश प्रचार

काठमाडौँ । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ ।
ह्याकिङ दक्षिण पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ ।
नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ । रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रमा मार्शल ल, सामान्य परिचालन र नागरिकलाई खाली गर्ने घोषणा गरेको छ ।
‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भने । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ ।
जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दाहरूमा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ । एमआरआइ रेडियो स्टेशनले ह्याकिंगलाई पूर्ण नक्कली र उत्तेजक भनेको छ । जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया