सोमबार, मंसिर १५, २०८२

एसीसी महिला टी-२० : नेपाल पाकिस्तानसँग ९ रनले पराजित

मेरोन्यूज २०८० जेठ ३० गते १०:४२

काठमाडौं । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानका लागि शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाएकी थिइन् ।

प्रतिक्रिया