एसीसी महिला टी-२० : नेपाल पाकिस्तानसँग ९ रनले पराजित
मेरोन्यूज
२०८० जेठ ३० गते १०:४२

काठमाडौं । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ७८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।
पाकिस्तानका लागि शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाएकी थिइन् ।
सम्बन्धित
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया