कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताएका छन् ।
शुक्रवारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दुतावासले शुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने, पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्ने उनले बताए । कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको समेत बताए ।
उनले भने, ‘कला वास्तवमा जीवनको विभिन्न आयामहरुको प्रतिविम्व हो । यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ । यसको आफ्नै महत्व छ । जीवनको अभिन्न पक्ष हो कला ।’
मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिनेछ ।


















अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया