नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित

काठमाडौँ । आइसीसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको लागि जारी खेलमा नेपाल आयरल्यान्डसँग दुई विेकटले पराजित भएको छ । आयरल्यान्डसामु नेपालले २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा आएको आयरल्यान्डले नेपाललाई ४९. २ ओभरमा दुई विकेटमा पराजित गरेको हो । हारसँगै खेलमा नेपाल आठौं स्थानमा परेको छ ।
आयरल्यान्डका लागि कुर्तिस क्याम्फरले ६२ र ह्यारी टेक्टर ६० रन बनाए। जर्ज डक्रेलले ३३ र विकेटकिपर लोर्कान टकरले २४ रन जोडे। क्याम्फर र डक्रेलले छैटौँ विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।
नेपालका करन केसीले ४, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोड्यो ।
नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । नेपालले ७ रनको अन्तरमा ३ विकेट गुमाएर १६९–७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए । गुल्सनले अविजित ५७ रन जोडे ।
सन्दीपले ३२ रन जोडे। नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए । कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
पहिलो चरणमा चारमध्ये तीन खेलमा पराजित भएको नेपालले सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा यूएईलाई हराएको थियो ।
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया