अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेकोसमेत बताए ।
‘जनसङ्ख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल वातावरण र विकासका अवसर सिर्जना गरी अव्यवस्थित बसाइँसराइको प्रक्रियालाई रोक्न आवश्यक भइरहेको छ,’ उनले जारी गरेको सन्देशमा उल्लेख छ ।
मन्त्री बस्नेतले राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार नेपालको जनसङ्ख्यिक संरचनामा केही फेरबदल आएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार भएता पनि सहरी तथा सुविधासम्पन्न स्थानमा जनसङ्ख्याको बढ्दो चाप, जनसङ्ख्या वृद्धिदरमा देखिएको कमी, ठूलो हिस्सा रहेको आर्थिकरूपले सक्रिय जनसङ्ख्याको उचित परिचालन, लैङ्गिक विभेद तथा सामाजिक कुरीति व्यवस्थापन गर्न थप कदम चाल्नुपर्ने देखिएको बताए ।
उनले दिगो विकास लक्ष्यले परिकल्पना गरेअनुसार प्रगति हासिल गर्ने गम्भीरतापूर्वक भौगोलिक, क्षेत्रगत र लैङ्गिक असमानता घटाउने गरी कार्यक्रम अन्तरनिकाय र तीनै तहका सरकार बीचमा दृढ संकल्पसहितको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
उनले जन्म, मृत्युदर्ताजस्ता व्यक्तिगत घटना दर्ता प्रणाली प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकलगायत विपन्न तथा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, लैङ्गिक हिंसा प्रभावितका लागि उपचार तथा परामर्श सेवा पुर्याउने र जनसङ्ख्या व्यवस्थापनमा महत्त्वपूर्ण रहेका पक्षमा अध्ययन, अनुसन्धानका कार्यमार्फत नीतिगत सुधारका पहल निरन्तर भइरहेको सन्देशमा उल्लेख गरेका छन् ।
आज नेपालसहित विश्वभर नै ‘लैङ्गिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ जनसङ्ख्या दिवस मनाइँदै छ ।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया