सोमबार, वैशाख ७, २०८३

‘ओ माइ गड २’ टिजर : शिवको अवतारमा अक्षय

मेरोन्यूज २०८० असार २६ गते १८:१२

काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ को टिजर सार्वजनिक भएको छ। मंगलबार भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा परेश रावललाई नास्तिक, पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

फर्स्ट लुक सार्वजनिक भएदेखि नै फ्यानहरु यो प्रोजेक्टलाई लिएर उत्साहित थिए । टिजरले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘ओ माइ गड’ मा नास्तिक कान्जिलाल मेहताको कथा देखाइएको थियो। यसको सिक्वेलमा एक आस्थावान भक्तको कथा देखाइनेछ। यी आस्थावान भक्त कान्तिशरण मुट्गल हुन् । जो शिवको भक्तिमा डुबेका हुन्छन्। उनको विश्वास छ कि दुःखको आह्वानले सधैं भगवानलाई आफ्ना भक्तहरूतर्फ आकर्षित गर्छ। परमेश्वरले आफ्ना सेवकहरूमा भेदभाव गर्नुहुन्न।

कथामा ट्विस्ट तब आउँछ जब एक दिन कान्तिसरनको जीवनमा आँधी आउँछ। कठिनाइको बीचमा पनि कान्तिशरणको आस्था भोलेनाथमा कायम छ। भक्तको यस्तो आस्था देखेर शिवजीलाई सहायताको लागि आउनै थियाे। भगवान शिव बनेका अक्षय कुमार आफ्नो परम भक्त कान्तिशरण मुट्गलको दुःख हटाउन पृथ्वीमा आउँछन् ।

पंकज त्रिपाठी र अक्षय कुमारको यो पहिलो प्रोजेक्ट हो । अमित राई निर्देशित ओएमजी २ अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । फिल्ममा अरुण गोविल रामको भूमिकामा देखिनेछन् ।

सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेशले भगवानविरुद्ध मुद्धा दायर गरेका थिए । त्यस्तै अक्षयले भगवान कृष्णको भूमिका निभाएका छन् ।

प्रतिक्रिया