मानबहादुर श्रेष्ठ भलिबल टिमको नयाँ कप्तान
मेरोन्यूज
२०८० साउन २ गते ८:३३

काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् ।
सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय टोलीका ११ औँ कप्तान हुन्।
गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो ।
सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका क्रममा दर्शकमाथि हातपात गरेपछि संघले तत्कालीन कप्तान हरिहजुर थापालाई कप्तानबाट पदमुक्त गरेको थियो।
सम्बन्धित
















हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
प्रतिक्रिया