एक क्विण्टल सुन बरामदपछि आज यकिन गर्ने तयारी
मेरोन्यूज
२०८० साउन ४ गते ७:१९

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट करिब एक क्विण्टल सुन बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएसँगै आज यकिन गर्ने तयारी गरेको छ ।
सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिएका थिए ।
उनका अनुसार सुन करिब ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिएको छ । उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको थियो । सुन हङकङबाट आएको थियो ।
सम्बन्धित
















आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया