के आइसक्रिमले साँच्चै शरिरलाई शीतलता दिन्छ ?

गर्मीमा शीतलताको अनुभूति गर्न मानिसहरु आइसक्रिम खाने गर्छन्। आइसक्रिम खाँदा शरिरको गर्मी हट्छ भन्ने उनीहरुलाई लाग्छ । तर कयाैं स्वास्थ्य विज्ञका अनुसार आइसक्रिम खाँदा चिसो लागे पनि यसको प्रभाव तातो हुन्छ ।आइसक्रिममा चिनी, बोसो र दूधको मात्रा बढी हुने भएकाले यो शरीरभित्र जाँदा यसलाई ताेड्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ, जसका कारण शरीरमा गर्मी उत्पन्न हुन्छ। जसका कारण आइसक्रिम खाँदा धेरै तिर्खा लाग्छ ।
चिसो मौसममा फाइदाजनक
वास्तवमा चिसो मौसममा आइसक्रिम खानु बढी फाइदाजनक हुन्छ । धेरैलाई चिसोमा पनि आइसक्रिम खान मन पर्छ । विज्ञहरुका अनुसार चिसोका कारण धेरैलाई घाँटी दुख्ने, रुघाखोकी लाग्ने, यस्तो अवस्थामा आइसक्रिम खाँदा यस्ता समस्या हट्छन् । आइसक्रिमको प्रभाव तातो हुन्छ, जसका कारण जाडोमा राहत मिल्छ ।
शरीरलाई चिसो बनाउन के गर्ने त
आइसक्रिमको सट्टा स्वस्थ पेय पदार्थ पिएर आफ्नो शरीरलाई चिसो बनाउन सकिन्छ। जस्तै लस्सी, कागती पानी, जलजीरा, आँप, शरबत आदि। यी पेय पदार्थहरूले तपाईंको शरीरलाई शीतलता दिन्छ। साथै यीनले तपाईंको शरीरको स्वास्थ्यको पनि ख्याल राख्छन्।
-एजेन्सी















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया