समाजवादी मोर्चा कांग्रेसलाई जानकारी दिएरै बनेको हो : खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई जानकारी दिएरै समाजवादी मोर्चा बनेको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै उपसभापति खड्काले सभापति शेरबहादुर देउवा र आफू बालुवाटारमा रहेकै बेला समाजवादी मोर्चा बनाउने सहमति बनेको बताएका हुन् ।
‘समाजवादी मोर्चाबारे एउटा कुरा उठेको छ। म प्रष्ट भन्न चाहन्छु, गठबन्धन पुनर्स्थापित गर्न बालुवाटारमा छलफल भएका बेला सभापति र मेरै अगाडि समाजवादी मोर्चा बनाउन पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवबीच सहमति भएको हो,’ खड्काले भने ।
यसअघि केन्द्रीय समितिमै धारणा राख्दै नेता डा. शेखर कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न गरेका थिए।
कोइरालालाई जवाफ दिँदै खड्काले भने, ‘मोर्चा बन्दा विश्वासको वातावरण बन्छ र आशंका हट्छ भनेर तीन दल मिले समाजवादी मोर्चा बनाउनुभएको हो। त्यसमा पछि विप्लवजी थपेर समाजवादी मोर्चा बन्यो।’
यसबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई समाजवादी मोर्चा बन्ने विषयमा थाहा भएको बताइसकेको उल्लेखसमेत गरेका थिए।

















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज देशभरकाे माैसम ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया