कोशीमा नयाँ सरकारको चित्र अझ अस्पष्ट
सभामुखले राजीनामा दिएपनि विश्वासको मत पाउन कठिन
अपराह्न ५ बजेभित्र दाबी पेस गर्न नसके एमाले नेतृत्वमा अल्पमतको सरकार बन्न सक्ने

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि अझै प्रष्ट चित्र आउन सकेको छैन । नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेभित्र बहुमतसहित दाबी पेस गर्न समयसिमा तोकिएको छ । तर अझै पनि अहिले निर्माण भएका दुइृ अलग गठबन्धन कसैको पनि प्रष्ट बहुमत नदेखिँदा सरकारको चित्र प्रष्ट हुन नसकेको हो ।
प्रदेश सभामा रहेको कुल ९३ सांसदमध्ये सभामुखलाई छोडेर हेर्दा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीसँग ४६ सांसद र अर्काे गठबन्धनमा रहेको एमाले र राप्रपासँग पनि ४६ सांसदको साथ छ । त्यसो हुँदा सरकार गठनको चित्र प्रष्ट हुन नसकेको हो ।
कोशीमा मुख्यमन्त्री बन्नका लागि ४७ सांसदको समर्थन आवश्यक छ । तर, गठबन्धनसँग कांग्रेसका २९, माओवादीका (सभामुखबाहेक) १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ गरी ४६ सांसद मात्र छन् । अर्कातिर पनि एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । कांग्रेस माओवादीले ६ सिट रहेको राप्रपालाई गठबन्धनमा तानेर सरकार निर्माणको अधिकतम प्रयास गर्दा पनि सफल हुन नसकेपछि दोस्रो विकल्पमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकार दावी गर्ने तयारीमा छलफल अगाडी बढेको छ । तर सभामुख गौतम अहिलेसम्म यो विकल्पमा सहमत भईसकेका छैनन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभामुख गौतमले आफुले पदबाट राजीनामा दिनुपर्ने भए आफ्नै नेतृत्वमा या माओवादीको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था आए सहमत हुन सक्ने अन्यथा किन छोडने भनी प्रश्न गरेपछि निश्कर्ष निस्केको छैन ।
तर प्रधानमन्त्रीले कोशीका गठबन्धनभित्र रहेका कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेताहरुलाई आज बिहान पनि बालुवाटारमा बोलाएका छन् । यो छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुनेछन् ।
कांग्रेसका दल नेता उद्दव थापा २२ दिन मात्र सरकारमा रहन पाएकाले उनकै नेतृत्वमा सरकार बनाउनु पर्नेमा कांग्रेसको मत छ ।
सभामुख गौतमको समर्थनमा कांग्रेस संसदीय दल नेता थापालाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयलाई सर्वोच्च अदालतले बिहीबार बदर गरिदिएपछि नयाँ सरकार गठन गर्नुपर्ने परिस्थिति बनेको हो । त्यसपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न समय दिएका छन् ।
सभामुखलाई अहिले राजीनामा गराएर बहुमतको सरकारको दावी गरेपनि एक महिनाभित्र संविधान अनुसार विश्वासको मत लिने बेला बहुमत पुरयाएन सक्ने अवस्था अहिले पनि छैन ।
यदि कांग्रेस माओवादीसहितको दलले आज ५ बजेसम्म बहुमत बनाएर सरकारको दावी नगरे ठूलो दलको हैसियतमा एमालेको नेतृत्वमा सरकार बन्न सक्ने अवस्था छ । गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्न बहुमत जुटाउन नसके संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठ्लूो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइने प्रदेश प्रमुख खापुङले जनाएका छन् । त्यस्तो अवस्थामा एमालेका हिक्मतकुमार कार्की नै पुनः मुख्यमन्त्री हुन्छन् ।
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया