शनिबार, फागुन ९, २०८२

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

मेरोन्यूज २०८० साउन २३ गते १२:१२

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनावाई प्रक्रिया सुरु गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको व्यक्तिका बारेमा १० दिनको तोकेर सार्वजनिक उजुरी माग गर्ने निर्णय गरेको छ ।

समितिले नियुक्ति प्रक्रियाका बारेमा उजुरी माग गरी सरकारी सञ्चार माध्यमबाट सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको छ ।

साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पुरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया