साउन २६ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिपक्षको अवरोध कायमै, उच्चस्तरीय छानविन समिति गठनको माग
मेरोन्यूज
२०८० साउन २४ गते १३:२८

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन २६ गते शुक्रवारसम्मका लागि स्थगित भएको छ । आज बोलाइएको संसदको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सुन कान्ड छानविनका लागि उच्चस्तरीय समिति माग गदै संसद अवरोध गरेका थिए ।
एमालेले संसदमा नारावाजीसहित अवरोध गरेपछि सभामुखले दुई दिन बैठक स्थगित गरेका हुन् ।
एमालेले सुन तस्करीसँग सम्वन्धित विषयमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने मागमा छ । तर सरकार यो प्रकरण उच्चस्तरीय समितिमार्फत भन्दा सीआइबीबाट अनुसन्धान गर्नुपर्ने पक्षमा छ ।
मंगलबार यस प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा धारणा राखेका थिए । तर पनि एमाले आफ्नै अडानमा कायमै छ । एमालेले आज पनि समिति गठन गर्न, तस्करलाई कारवाही गर्न लगायतका माग गदै संसदमा बेलमा आएर नारावाजी गदै संसदको प्रक्रिया अगाडी बढाउन अवरोध गरेका थिए ।
सम्बन्धित
















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया