मकवानपुरमा भारी वर्षा, बागमतीलगायत यी नदीमा बढ्यो आकस्मिक बाढीको जोखिम

काठमाडौं । बिहानै देखि निरन्तर परिरहेको भारी वर्षाका कारण कतिपय नदीहरमा बाढीको जोखिम बढेको छ । मकवानपुरको मकवानपुर गढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले भारी वर्षा मापन भएको जनाउँदै सो क्षेत्र भएर बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ । विभागले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने कर्रा, सामरी खोला र अन्य स-साना खोलामाआकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।’
पछिल्लो तीन घण्टामा मकवानपुर गढीमा ७२.६ मिलिमिटर र हेटौँडामा ८१.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
यस्तै सिन्धुलीको मरिन खोलास्थित कुसुमटारमा पनि भारी वर्षा भइरहेको जनाएको छ । यहाँ पछिल्लो तीन घण्टामा ३१.४ मिलिमिटर वर्षा भएको छ।
यसैगरी विभागले आज बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने जनाएको छ । विभागले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर तथा आसपास भइ बहने नदीहरुमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
यस्तै, इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमुजुङ, तनहुँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी जिल्लाका नदी तथा खोलामा पनि आकस्मिक बाढीको चेतावनी दिएको छ ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया