बिहीबार, फागुन ७, २०८२

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०८० साउन २८ गते ११:१६

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार उनीहरूलाई प्रहरीले ताला लगाउनबाट रोक्न खोजेको थियो।

तर जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए।

निर्माण ब्यवसायीहरुले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन्। त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ।

उनीहरूले यस्ता माग राखेर काठमाडौंमा सिठी जुलुस, डोजर जुलसलगायत गरिसकेका छन्। महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया