माओवादी बैठकमा उठ्यो महरालाई कारबाही गर्नुपर्ने माग

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीका उपाध्यक्ष तथा पूर्वसमामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्नुपर्ने माग उठेको छ ।
माओवादीका तर्फबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा नेताहरूले महराको संलग्नता भएको भन्दै कुरा उठेको भन्दै संलग्न देखिएमा कारबाही गर्नुपर्ने बताएका हुन् ।
नेताहरूले महराको प्रकरणले सरकारले गरेका राम्रा काम ओझेलमा परेको भन्दै संलग्नता देखिए आफ्नो पार्टीका नेता भनेर जोगाउन नहुने नेताहरूले बताएका थिए ।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए पार्टी उपाध्यक्ष महरालाई कारबाही गर्नु पर्ने बताएका थिए ।
‘‘‘हाम्रै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराजीको बारेमा पनि सिआइबीको रिपोर्ट मिडियामा आएका समाचारबारे जानकारी गराउँदै दोषी भए कसैलाई पनि नछोड्ने देखाउन उहाँलाई कारबाही गर्नुपर्छ,’ गृहमन्त्री श्रेष्ठले पदाधिकारी बैठकमा राखेको धारणा उल्लेख गर्दै एक नेताले भने, ‘गृहमन्त्रीजीले सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सरकारले गरिरहेको कामको बिफ्रिङ गर्दै उहाँलाई छोड्ने कुरा हुन्न ।’
माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल महरा इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन्। महराका राहुलले छोरा सुन ल्याउने चिनियाँ नागरिकसँग पटक–पटक फोन गरेको तथ्य सिआइबीले फेला पारेको छ।
गत १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा पनि सुन प्रकरणबारे कुरा उठेपछि महराले आफू त्यसमा नजोडिएको र दोषी देखिए कारबाहीको भागिदार बन्ने बताएका थिए। तर सरकारले भ्रष्टाचार प्रकरणमा माओवादी केन्द्रका नेताबाहेक अरूलाई मात्रै धमाधम पक्रिएको भन्दै केही प्रश्नहरू उठेका छन्।
आइतबार बसेको माओवादी पदाधिकारी बैठकमा गृहमन्त्री श्रेष्ठले सञ्चारमाध्यममा आएका समाचार, सामाजिक सञ्जालमा भइरहेको विरोध र आफ्नै पार्टीका उपाध्यक्षको शंकास्पद संलग्नताबारे जानकारी गराएका थिए।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया