बिहीबार, फागुन ७, २०८२

सुन तस्करी छानबिन ‘सीआईबी’ ले नै गुर्नपर्ने कांग्रेसको निर्णय

मेरोन्यूज २०८० साउन २९ गते १४:३४

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाटै हुनु पर्ने बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

संघीय संसद् भवन नयाँ वानेश्वरमा तीन दिनसम्म बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारी निकायबाटै तस्करीको सुनबारे छानबिन हुनुपर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष बैठकले निकालेको प्रमुख सचेतक लेखकले बताए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ‚’ लेखकले भने‚ ‘जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’

प्रतिक्रिया