माओवादी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लिएर गाउँ जाने (अभियानको पूर्णपाठसहित)

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लिएर गाउँ जाने भएको छ । उसले तीन चरणमा पार्टीको पूर्वघोषित विशेष अभियान चलाउने निर्णय गरेको छ ।
गत साउन (१७–२१) गतेसम्म राजधानीमा बसेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो ।
बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता र मतदातामा पुग्ने गरी तीन चरणमा अभियान सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ ।
दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने गरी कार्यक्रम माओवादीले बनाएको छ ।
माओवादीले अभियानको नारा ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ तय गरेको छ ।
मातहतका कमिटीमा सोमबार पठाइएको सर्कुलरमा पार्टी सदस्यता ८ लाख पुर्याउने र जनवर्गीय संगठन र मोर्चा सबै कमिटीको बैठक सम्पन्न गर्ने उल्लेख छ ।
तीन महिने अभियानमा कम्तीमा २५ लाख जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने उल्लेख छ ।
यस्तो छ माओवादीले अभियानबारे पठाएको सर्कुलर



















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया