माधवकुमार नेपालले ललिता निवास प्रकरणमा सिआईबी कार्यालय पुगेर दिए बयान

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ। सिआईबीले आफ्नै कार्यालयमा पूर्वप्रधानमन्त्री नेपालसँग सोमबार साँझ बयान लिएको हो ।
सिआईबीले बोलाएपछि ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका लागि बयान दिन नेपाल सोमबार बेलुका सिआर्इबी पुगेका यो प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले जानकारी दिए ।
ती अधिकृतका अनुसार सत्ता गठबन्धनको बालुवाटारमा भएको बैठक सकाएर सिआईबी पुगेका नेपाल बयान सकाएर मध्यराति कोटेश्वरस्थित निवास फर्किएका थिए । सिआइबीले बयान दिन बोलाएपछि नेपाल युरोप भ्रमणबाट सोमबार स्वदेश फर्किएका थिए।
नेता नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तार सम्बन्धमा मन्त्रिपरिषदबाट पटक–पटक भएका निर्णयका आधारमा ललिता निवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिको नाममा पुगेको थियो । मन्त्रिपरिषद्का निर्णयबारे सिआइबीले नेपालसँग बयान लिएको हो ।
नेपाललाई आवश्यक परे पुनः बोलाउने सहमतिमा फिर्ता पठाइएको ती अधिकृतले बताए ।
गत २१ साउनमा सर्वोच्च अदालतले ललितानिवास जग्गा हिनामिनासम्बन्धी नीतिगत निर्णयमा संलग्न राजनीतिक नेतृत्वलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको हो । सर्वोच्चको आदेश कार्यान्वयन गर्ने क्रममा पूर्वप्रधानमन्त्री नेपालसँग पनि सिआईबीले बयान लिएको हो ।
















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया