कक्षा १२ मा ५१ प्रतिशत विद्यार्थी पास

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेलिएको यस वर्षको कक्षा १२ को परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।
बोर्डले आज सार्वजनिक गरेको नतिजामा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भए । ४९.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएको उल्लेख छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
अहिलेको नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डले बताएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्छ ।
बोर्डले ५१ जना परिक्षार्थीको परीक्षा रद्द भएको जनाएको छ ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा गएर हेर्न सकिन्छ।
त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया