काठमाडौं आईपुग्यो ८ सदस्यीय चिनियाँ सेनाको टोली
नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका चिनियाँ सैनिक अधिकारीको कोभिडपछिको यो पहिलो नेपाल भ्रमण

काठमाडौं । चिनियाँ सेनाको तिब्बत मिलिट्री कमाण्डका कमाण्डर यु एन दे नेतृत्वको ८ सदस्यीय टोली नेपाल आईपुगेको छ । ५ दिने भ्रमणका लागि यु एन दे नेतृत्वको टोली बुधबार बिहान साँढे ११ बजे काठमाडौं आईपुगेको हो । एयर चाइनाको ४३७ उडान नम्बरबाट उनीहरु काठमाडौं ओर्लेका थिए ।
टोलीलाई नेपाली सेनाका उपरथी सागरबहादुर थापा र साहायकरथी सुनिल श्रेष्ठले त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालसँग सिमा जोडिएको तिव्वतका उच्च तहका चिनियाँ सैनिक अधिकारीको कोभिडपछिको यो पहिलो नेपाल भ्रमण हो ।
युले सहितको टोलिले प्रधानमन्त्री प्रचण्ड , रक्षामन्त्री पुर्ण बहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजमा भ्रमण गर्ने समेत कार्यक्रम रहेको छ ।
भ्रमणको क्रममा नेपाल र चीनबीच रोकिएको सैन्य अभ्यास र सैनिक सहकार्यका विषयमा समेत छलफल हुने कार्यक्रम रहेको बताइएको छ । साथै चीनबाट खरिद गर्न लागिएको एपीसी र सैनिक सामाग्रीको विषयमा समेत छलफल हुनेछ ।
सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् । उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन् ।
टोली सोल्टी र याक एण्ड यति होटलमा बस्ने कार्यतालिका रहेको छ ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया