महिला विश्वकप फुटबल फाइनलमा इङ्ल्याण्ड र स्पेन भिड्ने

काठमाडौँ । महिला विश्वकप फुटबलको फाइनलमा इङ्ल्याण्ड र स्पेन भिड्ने भएका छन् । सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेर स्पेनसँग भिडन्त पक्का गरेको हो ।
पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इङ्ल्याण्डले प्रभावशाली जित निकाल्यो ।
खेलमा अग्रता इङ्ल्याण्डले ३६ औं मिनेटमा इला टोनीको गोलबाट लिएको थियो । दोस्रो हाफमा ६३ औं मिनेटमा घरेलु टोलीका लागि फरवार्ड साम केरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।
त्यसपछि अष्ट्रेलियाको कमजोर डिफेन्डसको फाइदा उठाउँदै इङल्याण्डले दुई गोल थप्यो ।
डिफेन्समा क्लियर हुन नसकेको बलमा ७१ औं मिनेटमा लौरेन हेम्पले इङ्ल्याण्डलाई अघि बढाएकी थिईन् । खेल सकिन चार मिनेट अघि एलिसिया रुसोले अर्को गोल थप्दै इङ्ल्याण्डलाई फाइनलको यात्रा तय गराइन् ।
स्पेनले महिला विश्वकप फुटबल २०२३ को पहिलो सेमिफाइनलमा स्विडेनलाई २–१ ले स्तब्ध पारेको थियो । स्पेनले पहिलोपल्ट प्रतियोगिताको फाइनल खेल्ने भएको छ ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया