संस्कृत विश्वविद्यालयका कुल-सचिव कार्यकक्षमै थुनिए

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको, विद्यार्थीको समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार कुल–सचिव अधिकारीलाई तीन घन्टा कार्यकक्षमा थुनेको हो ।
४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा हुँदा पनि प्रकाशित नगरेको स्ववियु सदस्य पारस गिरिले जानकारी दिए । कुल–सचिव अधिकारीले भने विद्यार्थी सबै प्रक्रियाका बारेमा जानकार नहुँदा आजको घटना भएको बताए ।
आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा शुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने नियम रहेको भए पनि समयमै प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा ढिला भएको स्ववियुले जनाएको छ । स्ववियु र विश्वविद्यालयबीच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ ।
दुई महिनाअघि विश्वविद्यालयका तीन ठाउँमा लागेको ताला खुलेको एक हप्ता नहुँदै आज फेरि यो घटना भएको हो ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया