भक्तपुरको सुधारगृहमा भएको झडपमा ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो संख्यामा बन्दीहरू भाला, खुकुरी लगायतका हतियार बोकेर प्रदशर्न गर्दा सुरक्षाकर्मीसँग भएको झडपमा ६ बन्दी र प्रहरी निरीक्षक सञ्जीव ओलीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । निरीक्षक ओलीको अहिले मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।
घाइते बन्दीमध्ये एकको वीर अस्पतालमा र अन्यको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको रिजालले जानकारी दिए ।
आइतबार सुधार गृहमा एक जनाको मृत्यु भएपछि त्यहाँ मृतकका आफन्तले आइतबार नै प्रदर्शन गरेका थिए । भित्र रहेका अन्य अधिकांश बालबालिकाले पनि सोमबार प्रदर्शनकारीलाई साथ दिँदै तोडफोड गरी भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
















डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया