मंगलबार, फागुन ५, २०८२

कोशी प्रदेशमा बजेट होलिडे सुरु, के- केमा पर्छ अप्ठ्यारो ?

प्रदेशका आर्थिक मामिलामन्त्री भन्छन्- ‘हामी आजै अदालत जाने छौ, कानुनी प्रक्रियाको तयारी भइरहेको छ ।’

मेरोन्यूज २०८० भदौ ११ गते १०:१६

विराटनगर । कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ । आइतबार राति १२ बजेपछि यस्तो अवस्था आएको हो । एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेटको प्रदेशसभाबाट प्रतिस्थापन हुन नसक्दा कोशी प्रदेशमा बजेट शून्यता (होलिडे)मा गएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्कीले अध्यादेश मार्फत ल्याएको बजेट असार १४ गते प्रदेशसभामा टेबुल भएको थियो ।

सभामा टेबुल भएको बजेटलाई ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नु पर्ने सम्वैधानिक ब्यवस्था छ । एमालेका कार्कीले मुख्यमन्त्रीका रुपमा अध्यादेशमार्फत जेठ ३२ गते ल्याएको बजेट भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो । तर कोशीमा सरकारको अंकगणित र सरकार गठनकोरस्साकस्सी अदालतसम्म चलिरहँदा प्रतिस्थापन विधेयक संसद्मा टेबुल सम्म हुन सकेको छैन ।

ऋहिले त्यहाँ कांग्रेसका उद्दव थापा नेतृत्वको सरकार छ । तर उनको सरकार वैधानिक नभएको भन्दै एमाले अदालत पुगेको छ । अदालतले पनि संम्बैधानिक प्रश्न उठाउँदै कामचलाउ सरकारको हैसियतमा मात्र सरकारलाई छोडेको छ ।

बजेट सून्यतामा जाँदा प्रदेश सरकारलाई यातायात, मालपोत, वन जङ्गल, ढुङ्गा–गिटी लगायतका क्षेत्रबाट सङ्कलन हुने राजस्व सङ्कलनमा अप्ठ्यारो परेको छ । आजैबाट सरकारले साधारण खर्च समेत गर्न पाउने छैन । बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुनेछन् ।

बजेट सून्यताको अवस्थामा पुगेपछि सत्ता गठबन्धन अदालत जाने तयारीमा छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले अहिले सम्म कहीँ कतै बजेट शून्यताको अवस्था नरहेको र कोशी प्रदेशमा शून्यतामा गएकाले अदालत जाने तयारीमा रहेको बताए ।

‘हामी आजै अदालत जाने छौ । कानुनी प्रक्रियाको तयारी भइरहेको छ,’ उनले भने, ‘अव हाम्रो हातमा केही रहेन अदालत जानुको विकल्प भएन ।’

प्रतिक्रिया