मंगलबार, फागुन ५, २०८२

एमालेसँग जोडिएका फाइल खोल्दा हुन्छ, खोल्दा केही भेटिँदैन : अर्याल

मेरोन्यूज २०८० भदौ ११ गते १२:४९

रुपन्देही । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेसँग जोडिएका सबै मुद्दाको फाइल खोल्न सरकारसँग आग्रह् गरेकी छिन् । उनले एमालेका नेताहरुलाई जोडदै विभिन्न प्रकारका आरोप लगाउने काम भईरहेको भन्दै सचिव अर्यालले ती फाइल खोलेर छानबिन गर्न सरकारसाग माग गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘एमालेलाई जोडेका सबै फाइल खोल्दा हुन्छ, सरकारलाई म आग्रह गर्न चाहान्छु, खोलेर अनुसन्धान गर्दा हुन्छ, त्यहाँ केही भेटिदैन,’ अर्यालले भनिन् ।

माओवादी, कांग्रेस वा अन्य पार्टीसँग जोडिएका फाइलको विषयमा एमालेलाई चासो नभएको तर एमालेसँग जोडिएका सबै फाइल खोलेर अनुसन्धान गर्न पार्टीले नै आग्रह गरिरहेको उनले बताइन् ।

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारीका लागि बुटवलमै रहेकी सचिव अर्यालले सोमबार स्थानीय सम्पादकहरुसँग कुराकानी गर्दै त्यस्तो बताएकी हुन् ।

एमालेको नाम जोडिएका अनियमितता, भ्रष्टाचार वा अन्य जुनसुकै फाइल पनि खोलेर अनुसन्धान गर्न एमालेले खुल्ला रुपमै माग गरिरहेको बताएकी हुन् ।

‘फाइल नखोलेर एमालेलाई अनावश्यक आरोप लगाएपछि आफ्ना गल्ती ढाकछोप गर्न सरकारलाई सजिलो भएको छ ।’ अर्यालले भनिन्, ‘एमाले जोडिएका फाइल खोलेर हेर्दा हुन्छ ।’

पशुपतिको जलहरीमा छानबिनपछि पनि केही फेला नपरेपछि अन्य फाइलमा सरकारले नै एमालेको नाम जोडिदिने तर फाइल नखोल्ने नियोजित खेल खेलिरहेको आरोप पनि उनले लगाइन् ।

प्रतिक्रिया