नेपालले पाकिस्तानबाट पायो ३४३ रनको लक्ष्य

काठमाडौँ । यसिया कपमा नेपालले पाकिस्तानबाट रनको लक्ष्य पाएको छ । पाकिस्तानले ६ विकेट गुमाएर पूरै ओभर खेल्दै ३४२ रन बनायो ।
पाकिस्तानका लागि कप्तान बाबर आजाम र इफ्तिकर अहमदले शतक बनाए । आजामले १३१ बलमा १५१ रन बनाए भने अहमदले ७१ बलमा १०९ रन बनाए ।
बाबरले १४ चौका र ४ छक्का प्रहार गरे। अहमदले ११ चौका र ४ छक्का प्रहार गरे।
बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।
नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए।
नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए।
















वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया