सुधार नगरेसम्म पर्यटन बोर्डको बजेट पास हुन्न : किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा मन्त्री किरातीले पर्यटन बोर्डको बजेट नसँच्चिएसम्म हतारमा पास गर्न नसकिने बताएका हुन् ।
उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताए । किरातीले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताए ।
पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवद्धन गर्ने रहेको बताए । मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताए ।
आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शुन्य बनाएर छाड्ने उनको भनाइ थियो । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने पनि बताए ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया