नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

काठमाडौँ । एसिया कपको पहिलो खेलमा पाकिस्तानले घरेलु मैदानमा ठूलो अन्तरको जित हात पारेको छ । पहिलो पटक एसिया कपमा पुगेको नेपाललाई पाकिस्तानले २३८ रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले कप्तान बाबर आजाम र इफ्तिकर अहमतको शतकमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।
३४३ रनको लक्ष्य पच्छ्याएको नेपाल २३ ओभर ४ बलमा १०४ रन बनाएर अलआउट भयो ।
नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
साहिन साह अफ्रिदीले पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेललाई आउट गरेका थिए । पहिलो ओभरको पाँचौ बलमा भुर्तेल आउट भए ।
उनले ५ बलमा ८ रन बनाए । कप्तान पौडेल पहिलो बलमै आउट भए ।
दोस्रो ओभरको चौँथो बलमा नसिम शाहले आशिफ शेखलाई आउट गरे । शेखले ५ बलमा ५ रन बनाए ।
१४ ओभर चार बलमा आरिफ शेख आउट भए । उनलाई ह्यारिस रफले आउट गरे । शेख ३८ बलमा २६ रन बनाएर आउट भए ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
प्रतिक्रिया