निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौं : निजामती कर्मचारी युनियन

काठमाडौं । निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार सिंहदरबारमा २०औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले भने, ‘‘संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामती ऐन आओस् भन्ने प्रधानमन्त्री, सामान्य प्रशासनमन्त्री र मुख्यसचिवज्युसँग आग्रह गर्दछु । यदि निजामती मैत्री ऐन नआए पहिला सिंहदरवारभित्रै आन्दोलन हुन्छ।’
ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्नेकुरा किमार्थ स्वीकार्य नहुने बताए ।
‘ ऐनमा कताकता ट्रेड युनियन अधिकारलाई खुम्च्याउने कुरा सुनिँदै छ । यस्ता विषय नहोस् । छाँटकाँट भएको कुरा सुनिन्छ, यो कुरा ट्रेड युनियनलाई किमार्थ स्वीकार्य हुँदैन ।’ उनले भने ।
उनले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले २०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने बताउनु माग गरे ।
उनले बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेको भन्दै आफूहरुको अधिकार जस्ताको त्यस्तै आउनुपर्ने बताए । उनले अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने बताए ।
‘बन्ध हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेका छौँ, यो अधिकार जस्ताको त्यस्तै रहनुपर्छ,’ उनले भने, ‘अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्छ ।’









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया