सोमबार, वैशाख ८, २०८२

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको एकैसाथ सरुवा (सूचीसहित)

अधिकाशं कार्यालय प्रमुखहरुको सरुवा, निर्देशक-प्रबन्धकदेखि इन्जिनियरहरुसम्म परे सरुवामा

मेरोन्यूज २०८० असोज १ गते ७:५३

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारीमात्रामा कर्मचारीहरुको सरुवा गरेको छ । विद्युत प्राधिकरणले एकैसाथ कार्यालय प्रमुखहरुको ठूलो संख्यामा सरुवा गरेको हो । एकैसाथ १०४ जना कर्मचारीहरूको सरुवा गरेको छ ।

प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट त्यसरी सरुवा गरिएको हो । सरुवा गरिएकामा अधिकाशं कार्यलय प्रम्ुखहरु रहेका छन् । निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुसम्मको पनि सरुवा भएको छ ।

विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।

हेर्नुहोस को कहाँ पुगे ? (सूचीसहित)

प्रतिक्रिया