आज ऐतिहासिक महत्वको दिन : उपसभामुख

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
“जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको उच्च सम्मान गर्दछु । नेपालको संविधान निर्माणमा विशिष्ट भूमिका खेल्नुहुने राजनीतिक नेतृत्व, संविधानसभा सदस्य, नागरिक अगुवा, सञ्चार जगत्लगायत आमनागरिक सबैमा हार्दिक आभार व्यक्त गर्दछु”, सन्देशमा उल्लेख गरिएको छ ।
आजको दिन ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धि नेपालको संविधानको दस्तावेजका रूपमा संस्थागत भएको दिन हो । नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने विश्वास लिएको उनले बताईन् ।
विभिन्न ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालगायतका उपलब्धिलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गरिएको उल्लेख गर्दै उपसभामुख रानाले नागरिकका मौलिक हक, अधिकार र स्वतन्त्रता पनि संविधानले सुनिश्चित गरेको बताईन् ।
“संविधान जारी भएको आठ वर्षको अवधिमा सङ्घीय संसद्ले थुप्रै ऐन, कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको छ । सङ्घीयता कार्यान्वयनका लागि आवश्यक केही कानुन बन्ने क्रममै छन् । संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय भइरहने छ”, उनले सन्देशमा उल्लेख गरेकी छन् ।

















जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै: अध्ययन
Home Minister assures of conclusion of HoR polls impartially
राष्ट्रिय हक्की सोमबारदेखि
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया