कालीकोटमा वर्षा मापन यन्त्र जडान

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा वर्षा मापन यन्त्र (रेन गज) जडान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा नरहरिनाथ–१ स्थित सुनथराली विमानस्थलमा सो यन्त्र जडान गरिएको हो । ‘रेन गज’ जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए ।
“पहिरोको उच्च जोखिम रहेका स्थानीय तहका बीचमा पर्ने विमानस्थलमा पहिरोको पूर्वसूचना दिने ‘रेन गज’ जडान गरिएको छ”, उनले भने, “यसले पूर्वसूचना दिनेछ ।” सोलार सिष्टमसहित जडान भएको वर्षा मापन यन्त्रले प्रत्येक १०/१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिपोर्ट तयार हुने र वर्षा भएपछि स्थानीयवासीको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिने प्राविधिक शङ्कर बलामीले बताए ।
“यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो”, उनले भने “यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ ।” प्लान इन्टरनेसनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत पाँच लाखको लागतमा रेन गज स्टेसन जडान गराएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षा मापन यन्त्र नहुँदा समस्या हुँदै आएको थियो ।

















सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
सिरहा लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर सञ्चालन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया