आन्दोलनरत शिक्षक र सरकारबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता विना निष्कर्ष सकिएको हो ।
गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।
छलफलमा गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएको उल्लेख गर्दै समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका थिए। शिक्षकहरूको माग सम्बोधनका लागि पहल गर्ने उनले आश्वासन दिएका थिए।
शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका केही व्यवस्था संशोधनको माग गर्दै देशभरका शिक्षकहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्। उनीहरुले बिहीबार दोस्रो दिन पनि आन्दोलन गर्ने जनाएका छन् ।

















अष्ट्रेलियाका विश्वविद्यालयमा कर्मचारीको मानसिक स्वास्थ्य जोखिम बढ्दै: अध्ययन
Home Minister assures of conclusion of HoR polls impartially
राष्ट्रिय हक्की सोमबारदेखि
राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया