शुक्रबार, फागुन १, २०८२

७ लाखबढीको ईलेक्ट्रोनिक्स सामान बरामद

मेरोन्यूज २०८० असोज ५ गते १५:३६

रौतहट । रौतहटबाट ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव ७ लाख ८० हजार रुपैयाँ बराबरको ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गौरबाट चपुरतर्फ जाँदै गरेको प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख ५४३४ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाई छिपाई लैजाँदै गरेको ३ हजार ६ सय ५५ थान एलइडी वाच र ४ सय ९० थान एलइडी लाईटको विलविजक नभएको अवस्थामा सुरक्षा वेश सन्तपुरले उक्त सामान बरामद गरि गौर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक(सहायक प्रवक्ता) शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया