पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ । समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो ।
समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरी तत्काल सञ्चालनका लागि निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ । समितिले ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर, टेकुको पक्की पुल, सिंहदरबाभित्र निर्माणाधिन संसद् भवन, काठमाडौँ उपत्यकामा दोस्रो चरणमा विस्तार भएका सडक आयोजना, मुग्लिन–नारायणघाट सडकखण्डलगायत आयोजनाको पनि अनुगमन गरी सरोकार भएका निकायलाई निर्देशन दिने सभापति दीपकबहादुर सिंहले बताए ।
बैठकमा सांसदहरु प्रदीप पौडेल, माधव सापकोटा, निशा डाँगी, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, उर्मिला माझीलगायतले समितिको कार्यक्षेत्रमा पर्ने विषयमा अब नियमित छलफल गरी सरकारी निकायलाई निर्देशन दिनुपर्ने बताए ।

















माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया