अहेव कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्याङ्जाका चापाकोट नगरकार्यपालिकाको कार्यालय,चापाकोट स्याङ्जाका सिनियर अहेव बिन्दु कोइरालाविरुद्ध अकुत सम्पत्ती कमाएको आरोप लागेको छ। ९० लाख रुपैयाँ बढी गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको पुष्टि हुन आएकाले कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सार्वजनिक सेवामा रहँदा करिब २० वर्षको अवधिमा कोइरालाले आर्जन गरेको सम्पत्तीमध्ये ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको अख्तियारको ठहर छ। उनले २०५४ साल कार्त्तिक ५ मा सरकारी सेवामा प्रवेश गरेका थिए।
सार्वजनिक नियुक्ति पाएको मिति २०५४।०७।०५ गतेदेखि २०७८।०८।२१ गतेसम्मको जाँच अवधिमा २ करोड ९७ लाख ८१ हजार ८०२ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा ३ करोड ८८ लाख २१ हजार ४२२ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारको जनाएको छ।
जागिर अवधिमा कोइरालाले खर्च, लगानी तथा सम्पत्ती आर्जनमा ९० लाख ३९ हजार ६२० रुपैयाँको स्रोत नखुलेको पुष्टि भएको अख्तियारले जनाएको छ।
कोइरालालाई सोही रकम बराबर विगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्तीबाट जफत,असुल गर्न माग दाबी गरिएको छ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया