दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा सुरुआत गरेको थियो ।
लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। “प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको छ”, उनले भने, “लक्षित वर्गको नाममा परिवारका अन्य सदस्यले पनि गाउँपालिकाले दिएको सुविधा लिएको पाइएका कारण उक्त सुविधा नै हटाइएको हो ।”
गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।
तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क यातायात सेवा सुरु गरेको थियो । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको परिचयपत्रको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सहमति भएको थियो ।
यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा (क) र (ख) वर्गको परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ । साकेला गाउँपालिकाका तत्कालीन प्रमुख अर्जुन खड्का ‘झङ्कार’को पालामा आर्थिक वर्ष २०७६÷०७७ देखि ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने गरिएको थियो ।
चालु आर्थिक वर्ष भने ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । यातायात प्रालिले सम्झौता नवीकरणका लागि गत चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई गाउँपालिका पठाइए पनि नवीकरण नभएको जनाएको छ ।
यद्यपि, गाउँपालिका प्रमुख रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताउनुभएको छ । उक्त गाउँपालिकामा पनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उपलव्ध गराइएको सेवा अन्य व्यक्तिले लिइरहेको पाइएको छ ।















ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
प्रतिक्रिया