इजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमान
मेरोन्यूज
२०८० असोज २५ गते १७:०३

काठमाडौँ । इजरायलमा रहेका २ सय ५० जना नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको छ । सरकारले उनीहरुको उद्धारका लागि पठाएको नेपाल वायुसेवा निगमको विमानबाट उनीहरू काठमाडौँ उडेका हुन् ।
उनीहरु राति सवा ९ बजे काठमाडौं आइपुग्नेछन् ।
इजरायलको बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेका उनीहरूलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजराजय गएका छन् । आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।
आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले जानकारी दिए ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्किन उडेका हुन् ।


सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया