कम परिणाममा पेट्रोल बेच्ने शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल

काठमाडौँ । ग्राहकलाई पेट्रोल कम बेचेको देखिएपछि अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धी पेट्रोल पम्प सिल गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो।
उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले सिलवन्दी गरेको प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले जानकारी दिए।
र्यापिड रेस्पोन्स टिमले विभिन्न पेट्रेल पम्पमा अनुगमन गरिरहेको छ। मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेका पम्पमा सो टोलीले सिल गरेको जनाएको छ।
यसअघि अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प, गैह्रीगाँउको पेट्रोल पम्पसहितमा कम परिणाममा बेचेपछि सिग गरिसकेको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया